April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

ग्लोबल आईएमईको १३औं साधारण सभा सम्पन्न

ग्लोबल आईएमईको १३औं साधारण सभा सम्पन्न

०३ मंसिर, २०७६, काठमाडौ । ग्लोबल आईएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आव २०७५÷७६ मा सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी २५ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको अधिकृत पुँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले आव २०७५÷७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ । सभाले ग्लोबल आईएमई बैंक लिमिटेडमा जनता बैंक गाभ्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमई बैक लिमिटेडको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।

दुवै बैंकले गत २० असारमा मर्जरका लागि प्रारम्भिक सहमति गरेका थिए भने ८ कात्तिकमा मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक रहने भएको छ ।