April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

पत्रकारलाई एक रुपैया जरिवाना सहित एक घण्टा जेल

पत्रकारलाई एक रुपैया जरिवाना सहित एक घण्टा जेल

३ मंसिर

पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डका विषयमा बढाईचडाई तथा जथाभावी समाचार प्रकाशन/प्रसारण गरेको आरोपमा उनलाई आज मंगलबार कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। निर्मला पन्तको बलात्कार र हत्याका विषयलाई अदालतमा विचाराधीन मुद्दा पेश गरेर प्रभावित पार्न खोजेको भन्दै कञ्चनपुर जिल्ला बाराले दायर गरेको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनलाई एक घन्टा कैद र १ रुपियाँ जरिवाना सुनाएको थियो।

मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत पनि उनलाई पहिले उजुरी परेको थियो । भण्डारी सम्पादक रहेको पत्रिका मानसखण्डले विष्टले त्यस्तो अपराध गर्नै नसक्ने भन्दै समाचारसम्प्रेषण् गर्दै आएको छ ।