June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

काँग्रेसले देखायो सरकारका २१ कमजोरी

काँग्रेसले देखायो सरकारका २१ कमजोरी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईतिहाई केपी शर्मा ओली नेतृत्वको सरकारको २१ महिनामा बटै कमजोरी देखाएको छ । पार्टी मुख्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारले गरेका २१ कमजोरी देखाएका हुन् । शर्माले सरकारलाई सच्चिन दबाब दिनका लागि उपनिर्वाचनमार्फत् मतदातालाई अवसर मिलेको पनि बताए । उपनिर्वाचन मतदाताका लागि अवसर हो भन्दै उनले २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकारले गरेको काम यस्तै हो त भन्दै नेकपा सरकारको चर्को आलोचना गरे । नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भएको आरोप लगाउँदै प्रवक्ता शर्माले कांग्रेस रहेसम्म त्यस्ता सपना पूरा हुन नदिने दृढता व्यक्त गरे ।

कांग्रेसले औल्याएको ओली सरकारको यस्ता छन्, २१ खोटः

– राष्ट्रियताको प्रश्नमा असफलता

– संघीयताको बाँकी कार्यभार पूरा गर्नमा असफलता

– संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

– सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता

– शान्ति सुरक्षा: निर्मला प्रकरणमा हरायो सरकार

– बालुवाटार काण्डमा लिलाम नैतिकता (ललिता निवासको जग्गा)

– कूटनीतिक मामिलामा अपरिपक्वता

– विप्लव प्रकरण: असफलताको फरक पाठ

– मूल्य वृद्धि: धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी

– वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

– मेलम्ची परियोजनामाथि खेलबाड

– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

– निजगढ एयरपोर्टको भविष्य अन्यौल

– सामाजिक सुरक्षा कोष: कर्म कसैको, प्रचार कसैको

– बूढीगण्डकी: कम्युनिस्ट सरकारको राष्ट्रघात

– सरकारको नियतले असफल संवैधानिक परिषद्

– धर्मको प्रश्नमा होली वाइन प्रकरण

– शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण

– गुठी विधेयक: जनशक्तिले झुकाएको सत्ता

– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

– असहिष्णु अभिव्यक्ति: अराजनैतिक चरित्र