April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बन्नेभयो १६ अर्ब लगानीमा झापामा एसियाकै नमूना पार्क

बन्नेभयो १६ अर्ब लगानीमा झापामा एसियाकै नमूना पार्क

०४ मंसिर, २०७६, काठमाण्डौ । दमक झापामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क दमकको वडा नम्बर ८ बालुवाटारमा १२२ बिगाहा क्षेत्रफलमा १६ अर्ब रुपैयाँ लागतमा बनाइन लागेको हो ।
चर्चित उद्योगी तथा व्यवसायी सुमार्गीको नेतृत्वमा रहेर अन्य लगानीकर्ताको पनि सामुहिक लगानीमा बन्ने पार्क निर्माण समूहमा व्यवसायी सुमार्गीका साथै दमकका स्थानीय प्रतिष्ठित नेताहरु रहेका छन् । पार्क निर्माणमा प्रदेश सरकारले पनि निश्चित प्रतिशत रकम लगानी गर्नेछ ।
यो पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ । फन पार्क बनेपछि त्यसले झापा जिल्लाका साथै सम्पूर्ण एक नम्बर प्रदेशको अर्थतन्त्रलाई धेरै माथि उठाउने आशा गरिएको छ । पार्कको शिलान्यास आउँदो माघ महिनाभित्र उच्चस्तरीय नेताहरुबाट गराउने योजना गरिएको छ ।