May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सेन्चुरी बैंकका कर्मचारीले लिए कृषि वित्त तालिम

सेन्चुरी बैंकका कर्मचारीले लिए कृषि वित्त तालिम

०४ मंसिर, २०७६, काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक लि. का कर्मचारीहरूलाई लक्षित गरी हालै एक दिने कृषि वित्त तालिम सम्पन्न गरिएको छ । डेभलपमेन्ट एलायन्स नेपाल प्रा.लि. र सेन्चुरी कमर्सियल बैंक लि.द्वारा संयुक्त रूपमा बुटवलमा अयोजित उक्त तालिम कार्यक्रममा बैंकका प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ अन्तरगत विभिन्न शाखाहरूमा कार्यरत २५ कर्मचारीहरू सहभागी रहेका थिए ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश अन्तरगतका शाखाका कर्मचारीहरूलाई कृषि कर्जाको विश्लेषण सम्बन्धमा आवश्यक सीप र ज्ञान प्रदान गर्न डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. संगको समन्वयमा यस किसिमको तालिम आयोजना गरिएको हो ।