नेपाल बंगलादेश बैंकद्वारा जाडोको ब्ल्यांकेट सहयोग

नेपाल बंगलादेश बैंकद्वारा जाडोको ब्ल्यांकेट सहयोग

०५ मंसिर, २०७६, काठमाण्डौ । विश्व बाल दिवसको अवसरमा हिजो नेपाल बंगलादेश बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार ललितपुर–हात्तीवन, धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण गरेको हो ।
बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो ।
बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए ।