June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गायिका लता मंगेशकर सिकिस्त

गायिका लता मंगेशकर सिकिस्त

०५ मंसिर, २०७६, काठमाण्डौ । कोकिल स्वरकी धनी, प्रख्यात भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था अझै गम्भीर छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको आईसीयूमा राखेर गायिका मंगेशकरको उपचार भइरहेको छ ।
छातीको इन्फेक्सनको उपचार गराएर घर फर्किएकी उनी चार दिनअघि अस्पताल भर्ना भएकी हुन् । उनको स्वास्थ्य अवस्था बिग्रिएकाले आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनको स्वास्थ्य अवस्था बुझ्न दैनिक कैयौं भारतीय कलाकार तथा शुभचिन्तकहरू अस्पताल पुग्ने गरेका छन् भने, उनको स्वास्थ्य लाभको कामना शुभ चिन्तकहरूले देश विदेशबाट गरिरहेका छन् ।
डेढ महिनाअघि आफ्नो ९० औं जन्मदिन मनाएकी लताले १३ वर्षको उमेरदेखि नै गाउँदै आएकी छिन् ।