May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

बुद्धिनारायणको अर्को किताब प्रकाशित

बुद्धिनारायणको अर्को किताब प्रकाशित

०५ मंसिर, २०७६, काठमाण्डौ । नेपालको स्वाधिनताका लागि खवरदारी गर्नु आवश्यक भैरहेको बेला ‘नेपालको सिमाना’ कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका लेखक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित सीमासम्बन्धी पुस्तक ‘जङ्गे सीमाखम्बाको गन्ती’ प्रकाशित भएको छ ।

उनको यस पुस्तकमा उल्लेख भए अनुसार नेपाल–भारत सीमा नक्सामा अङ्कन गरिएका स्तम्भको सख्ंया आठ हजार ५५३ र नेपाल–चीनतर्फको सीमा स्तम्भको संख्या ९९ रहेको छ । उनले यिनै जङ्गे सीमाखम्बाको निर्माण, मूलखम्बा र सहायक खम्बा, डुवान तथा तोडफोड र रातारात सारिएको विषयहरू पुस्तकमा समेटेका छन् ।

यस पुस्तकको प्रकाशन ‘लाइफ रिसर्च एण्ड पब्लिकेशन’ले गरेको छ । यस अघि उनका नौ कृतिहरू प्रकाशित भैसकेका छन् ।