घरमै बसी बसी तौल घटाउने उपायको खोजीमा हुनुहन्छ ? यो उपाय अपनाउनुस् ।

घरमै बसी बसी तौल घटाउने उपायको खोजीमा हुनुहन्छ ? यो उपाय अपनाउनुस् ।

०५ मंसिर , २०७६ काठमाण्डौ । विश्वमा धूम्रपानपछि मृत्युको अर्को कारण मोटोपन हो भन्ने विश्वास गरिन्छ अनियन्त्रित जीवनशैलीका कारण मोटोपन बढ्छ । एकपटक बोसो बढेपछि त्यसलाई नियन्त्रण गर्ने उपाय अवलम्बन नगरे त्यसलाई रोक्न कठिन हुन्छ । समस्यालाई ध्यान नदिएपछि यो बिरामीका रूपमा देखापर्छ । तौल घटाउने विभिन्न उपायहरु छन् तर त्यसको लागि हामीले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई घरमै बसी बसी तौल घटाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौ जसले तपाईको तौल घटाउन मद्दत गर्दछ र यसबाट तपाइको स्वास्थ्यमा पनि राम्रो असर पुग्दछ । यस विधिमा पौष्टिक तत्व प्रचुर मात्रामा पाइने भएकोले यसले तपाइको पाचन प्रणालीमा सुधार ल्याई छिटो तौललाई घटाउन मद्दत गर्दछ । यस विधिलाई नियमित रुपमा प्रयोग गरेमा तपाइको तौल छिट्टै घटदछ तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, हृदयघातजस्ता रोगको जोखिम न्यूनिकरण सकिन्छ ।

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने जौँको जुस तपाईंका लागि उपयुक्त हुन सक्छ । गहुँ, जौँ लगायत श्रेणीमा पर्ने जौँमा फाइबर भरपुर मात्रामा पाइन्छ । यो जौँ स्वस्थकर पनि हुन्छ ।
जौँको गेडामा पोषणको ‘पावरहाउस’ हुन्छ । जौँमा धेरै क्यालोरी हुन्छ तर, यसमा फ्याट कम हुन्छ । जौँको जुसमा हुने फाइबरले खाना सजिलै पचाउन सघाउँछ । यसले शरीरको सुगर लेभल सन्तुलन गरिदिन्छ । डायबेटिज भएकाहरुका लागि यो फाइदाजनक हुन सक्छ ।

कसरी बनाउने जौँको जुस ?
आवश्यक सामग्रीहरुः

जौँका दाना – १ कप

पानी – १.५ लिटर

कागतीको रस– २ टेबल चम्चा

मह– १ टेबल चम्चा

दालचिनी– १ वटा

जुस बनाउने तरिका

१. एउटा भाँडामा १.५ लिटर पानी राख्ने र त्यसमा आधा कप जौँका दाना र एउटा दालचिनी राखेर उमाल्न राखिदिने ।

२. यो मिश्रणलाई आधा घण्टा (३० मिनेट) सम्म उमाल्नुपर्छ ।

३. आधा घण्टापछि ग्यास बन्द गरी जौको पानीलाई चिसिन दिनुहोस् ।

४. चिसो भएपछि यसलाई छानेर जौँको पानीलाई अलग्गै राख्नुहोस् र त्यसमा कागतीको रस र मह मिसाउनुहोस् । तपाईंको जौँको जुस तयार हुन्छ ।

तपाईंले एकैपटक धेरै बनाएर रेफ्रिजिरेटरमा स्टोर गरी लामो समय प्रयोग गर्न सक्नुहुनेछ ।

कसरी खाने ?
तपाईंले दिनको दुईपटक यो जुस सेवन गर्न सक्नु हुनेछ । जौँको जुसको फाइदा धेरै लिनको लागि कुनै पनि समयमा तपाईंले सेवन गर्न सक्नुहुन्छ ।