April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सिद्धार्थ बैंकले शुरु गर्यो मेसिनबाटै चेक डिपोजिट हुने सुविधा

सिद्धार्थ बैंकले शुरु गर्यो मेसिनबाटै चेक डिपोजिट हुने सुविधा

०६ मंसिर, २०७६, काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई यो सुविधा बैंकको हात्तीसार शाखाबाट शुरु गरिएको छ ।
यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नुको साथै, बैंकद्धारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ । आगामी दिनमा नयाँ प्रविधिलाई आत्मसात् गर्दै, यो सुविधा अन्य ठाउँमा पनी विस्तार गरीदै लैजाने बैंकले प्रेस विज्ञप्ती माफ्र्mत जनाएकोछ ।
बैंकले देशभर १७२ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।