April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

प्रभु बैंकको एक्स्टेन्शन काउन्टर मोरङमा

प्रभु बैंकको एक्स्टेन्शन काउन्टर मोरङमा

०६ मंसिर, २०७६, काठमाडौं । कार्यालयमा आर्थिक अनुशासन कायम गराउन आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्ने विश्वासको साथ जिल्ला प्रशासन कार्यालय मोरङमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ ।
हाल प्रभु बैंकको देशैभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नवस्थापित काउन्टरको उद्घघाटन गर्दै यसबाट सरकारी सेवा सरल, सहज, पारदर्शी हुने बताउनुभयो । बैंकका प्रदेश प्रमुख कार्कीले काउन्टरबाट सरकारी कार्यालयलाई मात्र नभएर स्थानीय जनतालाई पनि सेवा दिन सकिने बताउनुभयो ।यो कुरा प्रेशविज्ञप्ती माफ्र्mत जानकारी दिइएको हो ।