April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

एउटै गह्राको बन्दाकोभी रु ४ लाखमा बिक्री

एउटै गह्राको बन्दाकोभी रु ४ लाखमा बिक्री

०६ मंसिर, २०७६, काठमाडौं । छथर जोरपाटी गाउँपालिका–६ सिँधुवाका अगुवा किसान इन्द्रबहादुर श्रेष्ठले एउटा गह्रा बारीमा फलाएको बन्दाकोभीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनी करिब तीन दशक यता व्यावसायिक तरकारीखेती गर्दै आइरहेका छन् ।
पहिले पहिले उचित भाउ नपाउँदा बारीमै बन्दाकोभी कुहीएर जादाँ तनावमा रहेका उनी बारीमै आएर मोलमोलाई गरी व्यापारीले ४ लाख रुपैयाँमा बन्दाकोभी खरिद गरेपछी भने यतिबेला दंग छन् ।
यो वर्ष उनले उन्नत जातको वाईआर होनाम जापानिज नामको बिउ खरिद गरेर खेती गरेका थिए । यो बिउ १० ग्रामको ९ सय रुपैयाँ पर्छ । उनले ६ रोपनीको एउटा गह्रामा ९० ग्राम बिउ उमारेर रोपेका थिए ।
पोहोर साल बन्दाकोभीको मूल्य प्रतिकिलो ३६ रुपैयाँसम्म पुगेको थियो ।अहिले धनकुटा सदरमुकाममा बन्दाकोभी प्रतिकिलो ५५ देखि ६५ रुपैयाँसम्म छ । यो तराईमा प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।