विवाह खर्च कटाएर विद्यालयलाई आर्थिक सहयोग

विवाह खर्च कटाएर विद्यालयलाई आर्थिक सहयोग

०६ मंसिर, २०७६, काठमाडौं । विवाहमा भोज भतेरको सट्टा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सहयोगार्थ दार्मा गाउँपालिकाका कैलाश हमाल र बविता बुढाथोकीले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । उनिहरु नवविवाहित जोडी हुन् । उनिहरुले विवाहमा हुने अतिरीक्त खर्च कटाएर श्री जनज्योति माध्यमिक विद्यालयलाइ सहयोग गरेका हुन् ।
नवदम्पतीले सहयोग स्वरुप विद्यालयलाई ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन ्।
कैलाश हमालले कक्षा १ देखी १० सम्म श्री जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए भने, हाल उनी अमेरिकामा विद्यावारिधि अध्ययन गरिरहेका छन ्।