टुँडिखेलमा आज साहित्यिक जमघट

टुँडिखेलमा आज साहित्यिक जमघट

७ मंसिर, २०७६, काठमाडौं । अकुपाई टुँडिखेल अभियानअन्तर्गत अभियानको तेस्रो कार्यक्रम स्वरुप शनिबार विभिन्न साहित्यकारहरुले रचनात्मक ढंगले विरोध जनाउने अभियानका साथ साहित्यिक जमघट हुने भएको छ ।
े टुँडिखेलमा हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिदै गएको भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।

कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ ।