‘डोनाल्डसन’का उत्पादन नेपालमा

‘डोनाल्डसन’का उत्पादन नेपालमा

काठमाडौं – संसारमै पहिलो एयर फिल्टर उत्पादन गर्ने डोनाल्डसनका फिल्टरहरु नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपाली बजारमा डोनाल्डसनका फिल्टरहरु डेल्टा डिष्ट्रिब्युटरले बिक्री–वितरण सुरु गरेको हो ।

कम्पनीले उपत्यकामा एक कार्यक्रम आयोजनागरि डोनाल्डसन ब्रान्डका फिल्टरहरु नेपालमा बिक्री सुरु गरिएको जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा डोनाल्डसन इन्डिया फिल्टर सिष्टमका दक्षिण एसिया बिजनेस हेड कमल प्रकाश श्रीवास्तवले विभिन्न प्रकारका फिल्टर र यससँग सम्बन्धित विविध विषयमा जानकारी दिएका थिए ।

त्यसैगरी डेल्टा डिष्ट्रिब्युटरका डाइरेक्टर बिक्रम सिंघानियाले ग्राहकलाई गुणस्तरिय उत्पादन उपलब्ध गराउने कम्पनीको नीति अनुसार डोनाल्डसनका फिल्टरहरु नेपाली बजारमा ल्याएको जानकारी दिए ।