काठमाडौंबाटै बेपत्ता भए राप्रपा नेता राइ

काठमाडौंबाटै बेपत्ता भए राप्रपा नेता राइ

०८ मंसिर, २०७६, काठमाण्डौ । गत बुधबार काठमाडौं मण्डिखाटारस्थित घरबाट ‘साथीलाई भेट्नु छ’ भन्दै निस्केका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उत्तम राई सोही दिनदेखि बेपत्ता छन् । राईले हाँकेको मोटर दुई दिनपछि सिंहरदबारको पूर्वी गेट अनामनगरमा भेटिएको थियो ।
७१ वर्षीय राई अल्जाइमर्स रोगका पीडित रहेको परिवारले जनाएको छ । राई पहिले चालकको साथमा जाने गरेमा थिए तर यो पटक उनी स्वयं नै मोटर लिएर घरबाट हिडेका थिए ।
राप्रपाका नेताहरुले बेपत्ता राईलाई खोजिदिन सामाजिक सञ्जालबाट आग्रह गरेका छन् ।

अंग्रेजी साहित्यका पूर्व सहप्राध्यापक राई करिब डेढ वर्षदेखि अल्जाइमर्सको उपचार गराइरहेका थिए ।