June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

अव संघिय संरचनामा चेम्बर

अव संघिय संरचनामा चेम्बर

आइतवार ८, मंसिर २०७६, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघीय संरचना अनुसार नै चेम्बरको शाखा विस्तार गरिने बताएका छन्  । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारणसभा तथा पदस्थापन समारोह कार्यक्रममा अध्यक्ष श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले ७० वर्षदेखि महत्वपूर्ण भुमिका खेल्दै आएको र मुलुक संघीयतामा गएसँगै चेम्बर पनि सोहीअनुरुप विस्तार हुनुपर्नैमा जोड दिएका छन् । उद्यम व्यवसायको विकास र नीतिगत, व्यापार प्रदर्शनीमा सहभागिता रहनुपर्ने भएकोले जिल्ला र प्रदेश स्तरमा समेत चेम्बर अफ कमर्सको विस्तार गरिएको उनको भनाइ छ ।
यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रक्रिया सरल, प्रभावकारी र व्यावहारिक हुने भएको छ  । विशेष अतिथि कृष्ण पौडेल चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्र्तराष्ट्रिय मेला प्रदर्शनीमा सहभागी हुने अवसर प्राप्त भएमा स्थानीय वस्तुलाई प्राथामिक दिइ व्यापारघाटा कम हुन सक्ने आँकलन गरेको छ ।  नवलपुर चेम्बरले खेलेको भूमिकाको सहना गर्दै आगमी दिनमा चुनौतीलाई अवसरको रुपमा लिइ अगाडी बढ्न सक्ने अनृमान लगाँउन सकिन्छ ।
नवलपुर चेम्बर अफ कमर्सका अध्यक्ष दीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न सरकारी निकायका प्रतिनिधिहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी, व्यवसायीहरुको, उपस्थिति रहेको थियो ।