May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

डाक्टरलाई ठक्कर दिने गाडी रहस्यमय तरिकाले गायब, कहाँ चुक्यो प्रहरी खाजीमा ?

डाक्टरलाई ठक्कर दिने गाडी रहस्यमय तरिकाले गायब, कहाँ चुक्यो प्रहरी खाजीमा ?

सोमबार ९, मंसिर २०७६, काठमाण्डौ ।
सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो तरिकाले गायव भएको छ । व्यापक खोजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएको छ । बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि एउटा गाडीले ठक्कर दिएको थियो । जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो । उज्यालो नभइसकेको झिसमिस मौसमका कारण गाडीको नम्बर सिसिटिभी क्यामरामा पनि नदेखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त क्षेत्रमा रहेको सिसिटिभी क्यामराबाट प्रहरीले फुटेज निकालेको थियो । फुटेजमा बसजस्तो ठूलो गाडी देखिए पनि नम्बर पहिचान गर्न सकिएको छैन् । सिसी क्यामरा उल्टो फर्केका कारण गाडीको नम्बर प्लेट देखिएको छैन् । उक्त गाडी बानेश्वरबाट तीनकुनेतर्फ गइरहेको प्रहरीको भनाइ छ । तर, ठक्कर दिएर उक्त गाडी कता भाग्यो प्रहरीले सुइँको पाएको छैंन् । प्रहरीले सुस्म रुपमा सिसी क्यामराको अध्यान गरेर गाडीको खोजी गरिरहेको छ । विभिन्न कोणबाट अध्यान गरिरहेको यो केशमा प्रहरीले विशेष अध्यान र खोजी गरिरहेको छ ।