April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

प्रधानमन्त्री ओली शिक्षण  अस्पताल भर्ना

१० मंसिर, २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन् । सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ । ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले दावी गरेको छ ।
प्रधानमन्त्री ओलीको आइतबारमात्रै ग्रान्डी अस्पतालमा मिर्गौलाको चौथो डायलासिस गरिएको थियो भने, त्यसअघि प्रधानमन्त्री ओलीले चारपटक मिर्गौलाको डायलासिस गराएका थिए ।