एनसेलले दियो ‘रिचार्ज चमत्कार’ बारे जानकारी

एनसेलले दियो ‘रिचार्ज चमत्कार’ बारे जानकारी

१० मंसिर, २०७६, काठमाडौं । एनसेलले नयाँ योजना ‘रिचार्ज चमत्कार’ बारे जानकारी दिँदै टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोड घोषणा गरेको छ । घोषणा गरिएको प्रत्येक कोड नम्बर बाहकले जनही दुईलाख रुपैयाँ जितेका छन् ।
आफ्नो लोयल्टी योजना अन्तर्गत एनसेलले मंसिर १ देखि सञ्चालन गरेको ‘रिचार्ज चमत्कार’ योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक साता दुई लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने बताइएको छ । एनसेलका प्रिपेड र पोस्टपेड ग्राहकले सातामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी योजनामा सहभागी हुन सक्नेछन् । प्रत्येक रिचार्जमा एक विशेष कोड एसएमएस मार्फत प्राप्त हुने र सोही कोडका आधारमा विजेता चयन गरिने बताइएको छ । पुरस्कारका लािग कोड सुरक्षित राख्न एनसेलले जनाएको छ ।