May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

प्रधानमन्त्रीलाई आईसीयुमा सारियो

प्रधानमन्त्रीलाई आईसीयुमा सारियो

१० मंसिर, २०७६, काठमाडौं । एपेन्डिसाइटिसको सफ्mल अपरेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आईसीयुमा लगिएका प्रमलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ । प्रमको एपेन्डिसाइटिसको अपरेशमा संलग्न डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो ।
तीन दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो ।