कैलाश विकास बैंकले १८ प्रतिशत लाभांश दिने

कैलाश विकास बैंकले १८ प्रतिशत लाभांश दिने

१० मंसिर, २०७६,काठमाण्डौ कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५र७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीकोे १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
विकास बैंक संचालक समितिको बैठकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २.७७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृति भई आगामी २६औं बार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने छ । हाल विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ५२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर पश्चात विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ९२ करोड रुपैयाँ नाघ्ने छ ।