April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नायव सुब्बाको कमाइ १४ करोड कसरी ?

नायव सुब्बाको कमाइ १४ करोड कसरी ?

११ मंसिर, २०७६, काठमाण्डौ । गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गुप्ताले सम्पत्ति श्रीमती रिता देवी, छोरा विक्की र रकीको नाममा लुकाएको आरोपमा उनीहरुमाथि पनि आयोगले मुद्दा चलाएको छ । मुद्दामा कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगत नारायण यादवलाई समेत प्रतिवादी बनाइएको छ ।
कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेका उनको वैध आय तलब र अन्य आयबाट ४ करोड ५४ लाख रुपैयाँ मात्रै रहेको आयोगको दाबी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।