April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

१२ वर्षे ठिटो सफ्टवेयर कम्पनीको डाटा साइन्टिस पदमा नियुक्त

१२ वर्षे ठिटो सफ्टवेयर कम्पनीको डाटा साइन्टिस पदमा नियुक्त

११ मंसिर, २०७६, काठमाण्डौ । भारतका एक १२ वर्षका बालक सिद्धार्थ श्रीवास्तवले काम गर्ने इच्छा , योग्यता र मेहेनत छ भने जुनसुकै काम पनी गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन् । उनको कलाको सम्मान गर्दै भारतको एउटा सफ्टवेयर कम्पनीले उनलाई डाटा साइन्टिसका रुपमा नियुक्त गरेको छ ।
बालक सिद्धार्थ श्रीवास्तवलाई भारतको हैदराबादस्थित मोन्टेजी स्मार्ट बिजनेस सलुसन कम्पनीले उनकोे योग्यताको कदर गर्दैँ डाटा साइन्टिसका रुपमा नियुक्त गरेको हो । पहिले देखि नै लगनसिल मेहेनिति र अनुशाशित सिद्धार्थ, चैतन्य स्कुल कक्षा ७ मा पढिरहेका छन् ।
सिद्धार्थको पिताले पिता हुनुको जिम्मेबारि बहन गर्दै उनलाइ डाटा कोडिङ गर्न सिकाएका थिए ।
सिद्धार्थ अब आफू व्यावसायिक रुपमा यो काममा लाग्ने र समाज सुधारको क्षेत्रमा काम गर्न चाहन्छन् ।