June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

लक्ष्मी बैंकको १९ औ साधारण सभा हुँदै

लक्ष्मी बैंकको १९ औ  साधारण सभा हुँदै

१२ मंसिर २०७६, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको यहि मंसिर ११ गते बसेको २२२ औं सञ्चालक समितिको बैठकले पुस ६ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
बैंकले शेयरधनीहरुलाई प्राथामिकता दिई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र (कर प्रयोजनका लागि) ५ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रहेको छ । बोनस वितरण पश्चात सो पूँजी रू. ९ अर्ब ८१ करोड २५ लाख पुग्नेछ ।