April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

पहिलो घण्टामा १ हजार ११७ दशमलव ६५ विन्दुबाट शुरु भयो परिसूचक कारोबार

पहिलो घण्टामा १ हजार ११७ दशमलव ६५ विन्दुबाट शुरु भयो परिसूचक  कारोबार

बिहिबार, १२ मंसिर , २०७६, काठमाडौं । नेप्से कारोबार भएको पहिलो घण्टामा शून्य दशमलव १५ अंकले घटेको छ । पहिलो घण्टाको कारोबारमा ९३ ओटा कम्पनीको रू. २ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ ।
१ हजार ११७ दशमलव ६५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव शून्य १ प्रतिशत घटेर १ हजार ११७ दशमलव ३१ विन्दुमा पुगेको छ । यस अवधिमा एनएमबि बैंकको सर्वाधीक कारोबार भएको छ ।
उक्त बैंकको रू. २५ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयरमूल्य रू. ३८४ मा कारोबार भइरहेको छ । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ ।