ग्लोबल आइएमई बैंकले गर्यो थप तिन ओटा शाखा बिस्तार

ग्लोबल आइएमई बैंकले गर्यो थप तिन ओटा शाखा बिस्तार

बिहिबार, १२ मंसिर, २०७६, काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकै दिन तिन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।
दिपायलको सिलगढी नगरपालिका, पिपला बजार, डोटीको भिमेश्वर नगरपालिका, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।