April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

बित्त समृह बाट पहिलो पटक ऋणपत्र विक्रि गर्दै गुडविल फाइनान्स लिमिटेड

बित्त समृह बाट पहिलो  पटक ऋणपत्र विक्रि गर्दै गुडविल फाइनान्स लिमिटेड

बिहिबार,१२ मंसिर, २०७६, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । विक्रम सम्बत् २०८३ मा परिपक्क हुने यो ऋणपत्र निष्कासनका लागि कम्पनीले मंसिर ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
वाणिज्य बैंकहरुलाई चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने अवस्थामा अन्य समूहका कम्पनीहरुले पनि यसलाई प्राथमिकतामा राखेको देखिन्छ । हाल गुडविल फाइनान्सको चुक्तापूँजी रू. ८० करोड रहेको छ । कुल कित्तामध्ये १ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गर्ने लागिएको हो । १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संगठनहरुलाई विक्री गर्नेछ । यस ऋणपत्रको मूल्य प्रति कित्ता रू. १००० रहनेछ ।
सार्वजनिक निष्कासनको शेयर विक्री प्रबन्धकका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । वित्त समूहबाट पहिलो पटक गुडविल फाइनान्सले ऋणपत्र विक्री गर्न लागेको हो ।