April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

अदालतको आदेशको अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण

अदालतको आदेशको अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण

बिहिबार,१२ मंसिर, २०७६, काठमाडौं । उच्च अदालत पाटन, ललितपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले गत कात्तिक अन्तिम साता ‘नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न’ गरेको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका नमोबुद्धका इँटा व्यवसायीको मुद्दामा यही मङ्सिर ८ गते न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासले यही मङ्सिर १५ गते ‘अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकास दिन उपयुक्त देखिएकाले’ दुवै पक्षलाई छलफलमा राख्नुपर्ने जनाउँदै दुवै पक्षलाई इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्नेलगायतको कुनै पनि कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।