प्रधानमन्त्री केही दिन अस्पतालमै बस्ने

प्रधानमन्त्री केही दिन अस्पतालमै बस्ने

शुक्रबार १३ मंसिर २०७६,

एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा क्रमिक सुधार भए पनि डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले उहाँलाई अझै केही दिन अस्पतालको सघन उपचार कक्ष अर्थात् आईसीयूमै राखेर उपचार गरिने भएको छ । गएको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा उपचार भैरहेको छ । उहाँको मिर्गौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस पनि गरिँदै आइएको छ ।