‘हार्मोन पिल्स’ खाँदा कंगनाको रुपै च्याट

‘हार्मोन पिल्स’ खाँदा कंगनाको रुपै च्याट

शानिवार १४, मंसिर २०७६
बलिउड फिल्ममा नब्वर एक नायिका हुन कंगना रनौट । उनी हिन्दी फिल्मा जुनै रोलमा पनि सफल हुने नायिका हुन् । उनी फिल्मी दुनियामा आफू सफल हुनको लागि जुनसुकै हतकण्डा समेत अपनाउँद पछि पर्दिनन् । पछिल्लो समय पनि आफ्नो स्थान घुम्न नदिनको लागि उनले रुपै बिगार्ने र अलग देखाउँन सकिने हार्मोन पिल्स खाएर समेत मेहनत गर्दे आएकी छिन् । आफूलाई अलग रोलको भूमिकामा फिट गराउँन उनले हार्मोन पिल्स कडा मेहनत गर्दे आएकी छिन् । उनले यो भूमिका हालै तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित ’थलाइवी’का लागि गरिरहेकी हुन् । यही मेहनतलाई सिनेमाको टिजर तथा तस्विरसमेत सार्वजनिक गर्दे उनले थुपै फ्यान समेत बढाएकी छिन् । उनले सार्वजनिक टिजर तथा पोस्टरबाट कंगनाले राम्रो प्रतिक्रिया बटुलिरहेकी छन् । सार्वजनिक गरिएको पोस्टर लुकमा त उनलाई चिन्न मुश्किल नै पर्छ । कसरी भइन त कंगना त्यस्तो ? यसको खुलासा उनले एक अन्तरवार्तामा गरेकी छन् । उनले सिनेमाको लागि करिब ६ किलो तौलसमेत बढाएकी छन् । उनी स्क्रिनमा जयललिता जस्तै देखिने छिन् ।