April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कञ्चनपुर पुनर्वास अध्यक्षमा नेकपा उम्मेरदवार विजयी

कञ्चनपुर पुनर्वास अध्यक्षमा नेकपा उम्मेरदवार विजयी

कञ्चनपुर । कंचनपुरको पुनर्वास नगरपालिका वडा नंबर ३ को अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । कुल एक हजार एक सय २९ मतदाता रहेको सो क्षेत्रबाट तामाङले ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै नेपाली कााग्रेसका उम्मेरदवार दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन् । त्यस्तैगरी समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत पाएका छन् । खसेको मतमध्ये ४ मत बदर भएको बताइएको छ । यस वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि यहाँको अध्यक्ष पद रिक्त रहेको थियो । उता रोल्पाको थबाङ गाउँपालिका वडा १ को अध्यक्षमा पनि नेकपाका जनक बुढा निर्वाचित भईसकेका छन् ।