May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

प्रचण्ड ६० जनाको जम्बो टोली लिएर चीन जाने

प्रचण्ड ६० जनाको जम्बो टोली लिएर चीन जाने

शानिवार १४, मंसिर २०७६,
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनको भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको ६० सदस्यीय जम्बो टोली चीन जान लागेको हो । नेकपाको टोली आगामी २४ गते चीन जाने तय भएको छ । दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए । त्यस क्रममा दई कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो । १० दिने भ्रमण टोलीको समन्वय नेकपा स्कुल विभागले गरिरहेको छ । अध्यक्ष दाहाल भने तीन दिन बसेर फर्कने कार्यक्रम रहेको छ ।