April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

भक्तपुरमा प्रचण्ड ओलीलाई दह्रो झापड दिदै काँग्रेशका भँडेल बिजयी

भक्तपुरमा प्रचण्ड ओलीलाई दह्रो झापड दिदै काँग्रेशका भँडेल बिजयी

आइतवार १५ मंसिर,२०७६ काठमाडौं । दुईतिहाई सरकारको अग्नी परिक्षाको रुपमा हेरिएको उप निर्वाचनमा नेकपा अध्यक्ष के पी ओली र पुष्पकमल दहाललाई दह्रै झापड लाग्ने चुनाबी परिमाण आएको छ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।