May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

चोरी प्रकरण मा १९ बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान

चोरी प्रकरण मा १९ बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान

१५ मंसिर, २०७६,काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले गिरोहले मंसिर ८ गते जनता बैंकबाट १९ लाख ९९ हजार र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ अनधिकृत भुक्तानी लिएका थिए । काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुसन्धान दायरामा परेका सञ्चालक र कर्मचारीमाथि सादा पोसाकका प्रहरी खटाएर निगरानी थालेको छ ।
प्रहरीले राष्ट्र बैंकसँगको समन्वयमा बैंकका सञ्चालक र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो । सर्वसाधारणको गोप्य खाता कर्मचारी र सञ्चालकको मिलेमतोबिना गिरोहको पहुँचसम्म पुग्नै सक्दैन, पक्राउ परेका व्यक्तिका साथबाट बरामद कागजात तथा अन्य तथ्य र प्रमाणका आधारमा १९ बैंक र वित्तीय संस्थाका सञ्चालक र कर्मचारी अनुसन्धान दायरामा छन  । एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकका एटीएम, चेकबुक, खाता खोल्न प्रयोग गरिने कागजात, २ हजारभन्दा बढी व्यक्तिका नागरिकताको फोटोकपी, ६ सयभन्दा बढी व्यक्तिका बैंक खाताको हस्ताक्षर बरामद गरिएको छ ।
प्रहरीले बैंकको रकम चोरीमा संलग्नबाट सेञ्चुरी बैंक, आईसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक र युनाइटेड फाइनान्सका गोप्यछानबिनमा परेका बैंकबाट सीसीटीभी फुटेज उपलब्ध गराउनसमेत प्रहरीले पत्र पठाइसकेको छ । राष्ट्र बैंकले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरीलाई आग्रह गरेको छ । प्रहरीले अनुसन्धान दायरामा परेका बैंकबाट नगद कारोबार विवरण (बैंक स्टेटमेन्ट) समेत झिकाइसकिएको छ ।