May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सेञ्चुरी बैंक द्वारा बालगृहलाई सहयोग

सेञ्चुरी बैंक द्वारा बालगृहलाई सहयोग

१५ मंसिर, २०७६, काठमाण्डौ । सेञ्चुरी बैंक इलाम शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम–९ गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने र्याक हस्तान्तरण गरेको छ ।
सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्न सकिन्छ । बैंकले अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन अध्यापनको लागि सहज होस भन्ने उद्देश्यले किताब राख्ने र्याक हस्तान्तरण गरेको हो ।
इलाम शाखाका शाखा प्रबन्धक अजेश मण्डलले सो अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई किताब राख्ने र्याक हस्तान्तरण गरे ।