April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी

१५ मंसिर २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गाैलाले काम गर्न छाडेपछि अर्को मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यरोपणका लागि नजिकका आफन्तहरूको मिर्गाैला परीक्षण भइरहेको छ।

प्रधानमन्त्री ओली नियमित डायलासिसमा छन्। डायलासिसपछि पनि सक्रिय रहँदै आएका प्रधानमन्त्री ओलीलाई गत सोमबार मध्यरातबाट अचानक पेट दुखेपछि मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओली अझै शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। उनको स्वास्थ्य स्थितिबारे जानकारी दिन क्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा निजी चिकित्सक दिव्या सिंहले घाउ निको भएपछि प्रत्यारोपण गर्ने तयारी भइरहेको जानकारी दिएका थिइन्।

प्रधानमन्त्री ओलीका लागि दुई आफन्तले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि चिकित्सकहरू छलफलमा जुटेका छन्। शल्यक्रियाको घाउ निको भएलगत्तै मिर्गौला प्रत्यारोपणका लागि उनलाई विदेश लाने भनिए पनि कुन देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ। प्रधानमन्त्री ओली निवास फर्किन करिब एक साता लाग्ने र त्यसपछि केही दिनको आरामपछि मिर्गौला प्रत्यारोपण गरिने जनाइएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।