गभर्नर भन्छन्ः मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा जादैँछ

गभर्नर भन्छन्ः मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा जादैँछ

१५ मंसिर, २०७६,काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औं स्थापना दिवसका अवसरमा आइतवार आयोजित एक कार्यक्रमका बिच बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकले निकै मेहनत पश्चात लगानीमैत्री नीतिगत सुधार गरेकाले पछिल्ला वर्षमा अर्थतन्त्रका सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गरे ।
मुलुकको अर्थतन्त्रलाई सबलीकरण गर्न राष्ट्र बैंकले राम्ररी अध्ययन र मेहनत गरेर विभिन्न नीतिहरु ल्याएको छ, त्यसैको परिणामस्वरुप तीन वर्षयता नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको छ, यसको प्रभाव अझै बढ्ने देखिन्छ । व्यापार, वाणिज्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरेर व्यबसाय अगाडि बढाइएमा त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले सहयोग गर्ने छ ।
मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको, शोधान्तर घाटामा सुधार भएको र व्यापार घाटासमेत न्यूनीकरण हुने दिशामा केन्द्रित रहेकाले आर्थिक क्षेत्र थप सबल बन्दै गएको धारणा गभर्नरले राखेकाछन् ।
निजी क्षेत्रको साथ र सहयोगमा मात्रै आर्थिक विकास हुने तथ्यलाई आत्मसात गर्न सरकार तथा सरोकारवालाहरुको भनाइ छ । कार्यक्रमका सेजन अवार्ड’बाट कान्तिपुर दैनिकका मात्रिका दाहाललाई पुरस्कृत गरियो भने सेजनले प्रकाशित गरेको ‘अर्थनीति’ स्मारिकाको समेत विमोचन गरिएको थियो ।