June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

उपचुनावको अन्तिम परिणाम नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी (सूची सहित हेर्नुहोस् )

उपचुनावको अन्तिम परिणाम नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी (सूची सहित हेर्नुहोस् )

काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् । बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि भीमेश्वर घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए र उनी नै विजयी भए । यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ ।

उपचुनावको अन्तिम परिणाम स् नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी (सूची सहित हेर्नुहोस् )