May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

बागलुङ जिल्लामा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ घाइते भएका छन् । १ जना बेपत्ता छन् । घाइते र मृतकको पहिचान भएको छैन । जीप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडिगाड खोलामा खसेको हो । ग १ ख ४२१९ नम्बरको १८ जना सवार जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको थियो । उक्त घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन।