May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

श्रृङ्खला खतिवडा बनिन् बज्र गु्रपको ब्राण्ड एम्बेसडर

श्रृङ्खला खतिवडा बनिन् बज्र गु्रपको ब्राण्ड एम्बेसडर

१७, मंसिर, २०७६, काठमाण्डौ । बज्र गु्रपले आफ्नो ब्राण्ड एम्बेसडरमा पूर्वमीस नेपाल श्रृङ्खला खतिवडालाई नियुक्त गरेको छ । आगामी एक वर्षको लागि ब्राण्ड एम्बेसडरमा मिस नेपाल खतिवडालाई नियुक्त गरेको हो ।
विगत २८ वर्षदेखि बज्र गृरुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । जस्तैः बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी ।
नेपालमा उत्कृष्ट प्रदर्शनको लागी यस ग्रुपले विभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्र गु्रप देशको सेनेटरी बजारमा ८० प्रतिशत अंश ओगट्न सफल छ । बज्र गु्रपको उत्पादनहरु अन्तराष्ट्रिय मापदण्डको गुणस्तर र सर्वसुलभ छन् । यस सहकार्यले बज्र ग्रुप लाई बजारमा आफ्नो उत्कृष्ट छाप छोड्न अझै उर्जा मिल्नेछ ।