May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गणपति माइक्रोफाइनान्सको वार्षिक साधारण सभा पुस ४ मा

गणपति माइक्रोफाइनान्सको वार्षिक साधारण सभा पुस ४ मा

१७, मंसिर, २०७६, काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित लाभांश मंसिर १७ गतेसम्म कायम सदस्यहरुले मात्र पाउने भएका छन् । कम्पनीले यस वर्ष शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ३५ लाख रहेको छ । प्रस्तावित ७ प्रतिशत बोनस पछि चुक्तापूँजी रू. ११ करोड ७ लाख ४५ हजार हजार पुग्नेछ । लाभांश लगायतका अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभामा पेश गर्ने भएको छ ।
सभाले अन्य लघुवित्त कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । सोही सभा प्रयोजनका लागि मंसिर १८ गतेदेखि बुक कलोज गर्ने भएकाले मंसिर १७ गतेसम्मका शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।