April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

एनएमबि बैंकलाई साफा कर्पोरेट गभर्नेन्स सहित दुई अवार्ड प्रदान

एनएमबि बैंकलाई साफा कर्पोरेट गभर्नेन्स सहित दुई अवार्ड प्रदान

१८, मंसिर, २०७६, काठमाण्डौँ । एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ । बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो ।
उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड ‘सर्टि्फिकेट अफ मेरीट’ बाट पनि पुरस्कृत भएको छ ।
साफा कमिटि फर इम्परुभमेन्ट इन ट्रान्सप्यारेन्सी, अकाउन्टेविलिटी एण्ड गभर्नेन्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मुल्यांकनको आधारमा प्रदान गरेको हो ।