June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वेपत्ता शव फेला

वेपत्ता शव फेला

१८ मंसिर, २०७६, काठमाण्डौँ । गुल्मीको इस्मा गाउँपालिका देखि बागलुङको निसिखोला गाउँपालिका छुटेको जीप दुर्घटना हुँदा वेपत्ता रहेको एक शव फेला परेको छ ।
फेला परेको शव ६५ वर्षीय धनबहादुर कार्कीको रहेको छ । बुधवार बिहान शव दुर्घटना स्थल देखि १ किलो मिटर पर खोलाको किनारमा भेटिएको हो । शव बडिगाड गाउँपालिका–७ भीमगिठे नजिकै भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव अहिले पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भइरहेको छ ।
मंगलबार जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने ३ जना गम्भीर घाइते भएका थिए । घाइतेको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने, मृतक १० जनाको मंगलबार नै सामूहिक अन्त्येष्टि गरिएको छ ।