May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

गल्कोट घुम्टे महोत्सव हुँदै

गल्कोट घुम्टे महोत्सव हुँदै

१८ मंसिर, २०७६, काठमाण्डौँ । गलकोट क्षेत्रकै पहिचान दिने, गलकोटको बिकास गुरुयोजना बनाउने र नेपाल भ्रमण बर्ष सफल बनाउने लक्ष्य सहित गलकोटको हरिचौरस्थित बसाहा फाँटमा मंसिर ४ गतेबाट दोश्रो गलकोट घुम्टे महोत्सव शुरु भएको छ ।
हरिचौर, हटिया र चरौदी फाँटका बजार महोत्सवको अवसरमा सिंगारिएका छन् । ठाउँठाउँमा महोत्सवका तुल र व्यानर टाँगिएपछि गलकोट आर्कषक बनेको छ । महोत्सवको अवसर पारेर मंचले गलकोट क्षेत्रकै पहिचान झल्कने केही पर्चा र ब्रोसर पनि तयार गरेका छन् । बनाएको ब्रोसरमा ताराखोला गाउँपालिका र गलकोट नगरपालिका भित्रका महत्वपूर्ण पर्यटकीय स्थानको परिचय, गलकोटका मठमन्दिर र धार्मिक गन्तव्य, खोला, झरना र प्राकृतिक दृश्याहरु तथा मानव निर्मित केही संरचना समावेश छ ।
महोत्सवकै लागि निर्माणाधिन पुल नसकिएका स्थानमा अस्थायी बाटो बनाइएको छ । बसाहा फाँटमा रमाइलो मेला सहितको रौनक छ । जातीय पहिचानका झाँकीहरुको तयारी गरिएको छ । र आगामी दिनमा गरिने योजना समेत समावेश छ । महोत्सवका लागि देशबिदेशमा बसेका गलकोटेले साथ र सहयोग गरेका छन् । त्यस्तै महोत्सवमा संकलन हुने अन्य आयश्रोतबाट पनि गलकोटको
महोत्सवमा गलकोट क्षेत्रमा पाईने जडिबुटी, महत्वपूर्ण कला र संस्कृति, जातजातीले प्रयोग गर्ने जातीय भेषभुष र बस्तुहरुको पनि प्रद्र्धशनीको व्यवस्थापन गरिएको छ । त्यसबाहेक राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुती समाबेश गरिएको छ ।
महोत्सव गृहमन्त्री रामबहादुर थापाले उद्घघाटन गरेका थिए ।