June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

यसरी प्रयोग गर्नुस् टेलिकमको आफन्तलाई उपहार योजना

१८ मंसिर, २०७६, काठमाण्डौँ । नेपाल टेलिकमले ग्राहकलाई लक्षित गरी सस्तो मूल्यमा भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई उपयोग गर्न सकिने योजना अघि सारेको छ । यो योजनाअन्तर्गत १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० मा ७ दिनको १९० एमबी र १०० को ५०० एमबी तथा २४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ । त्यस्तै, भवाइस प्याकतर्फ २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने, १ सय रुपैयाँमा १९० मिनेट, २४० रुपैयाँमा ४९० मिनेट कुरा गर्न सकिनुका साथै पाँच सय रुपैयाँमा ११ सय मिनेट गफ गर्न सकिने टेलिकमले जनाएको छ ।
सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्नुपर्छ । डाउनलोड भएपछी ‘रजिष्टर’मा क्लिक गरेर सम्पूर्ण विवरण राखेर लग इन गर्ने र मोबाइलमा तत्कालै एउटा कोड नम्बर आउने र सो कोड नम्बर इन्ट्री गरी कम्पनीको एप प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरूप दिन एप खोली गिफ्ट प्याकेज मा क्लिक गर्नु पर्ने जनाएको छ । त्यसपछि डाटा लेखिएको एपमा गएर कति एमबीको डाटा उपहार दिने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड दुबै मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सकिने टेलिकमले जनाएको छ ।