April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

निमा बनिन्, उसुबाट सागमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

निमा बनिन्, उसुबाट सागमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

१९, मंसिर, २०७६, काठमाण्डौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा उसुकी नीमा घर्ती मगरले लगातार दुई स्वर्ण जितेसँगै उसुबाट सागमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो खेलाडी समेत बनिन् ।

थोत्रो म्याटमै अभ्यास गरेकी निमा घर्तीमगरले बिहीबार नेपालका लागि स्वर्ण जितेकी हुन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा बिहीबार थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर निमाले सागमा दोस्रो स्वर्ण जितेकी हुन् ।
निमाको स्वर्णसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ३० पुगेको छ ।