May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब सम्पत्ति

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब सम्पत्ति

आइतवार २२, मंसिर २०७६
नेपालमा सडक दुर्घटनामा बर्से्नि सयौं मानिसले ज्यान गुमाएका छन् । जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन् । यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ । दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन । पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन ।

दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो । अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ । अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ ।

दुर्घटना बढ्दा यस्तो क्षति बर्से्नि बढ्दो छ । सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ । गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ ।

ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना (आर्थिक वर्ष २०७६÷७७ साउन–कात्तिक) मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन ्।

निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन्। हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना गम्भीर घाइते हुने गरेका छन ्।

डब्लूएचओका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ । हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन् । विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौंको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा पुष्पराज आचार्यले समाचार लेखेका छन् ।