June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

वित्तीय विवरण प्रकाशितः सिटि एक्सपे्रस , रिलायन्स र समृद्धि नोक्सानीमा

वित्तीय विवरण प्रकाशितः सिटि एक्सपे्रस , रिलायन्स र समृद्धि  नोक्सानीमा

२२ मंसिर, २०७६, काठमाडौं । चालू आर्थीक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १८ कम्पनी वित्त मध्ये तीनओटा बाहेक सबै नाफामा छन् । सिटी एक्सप्रेस फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा रहेका हुन् ।
नेप्सेमा सूचीकृत २७ कम्पनीमध्ये हाथवे फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स कम्पनी मर्जरमा गएका छन् भने क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, हिमालयन फाइनान्स, नेपाल फाइनान्स, सम्झना फाइनान्स र नेपाल शेयर मार्केट एन्ड फाइनान्स लिमिटेडले वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।
चालू आवको पहिलो त्रैमासमा आईसीएफसी फाइनान्स कम्पनीको नाफा सबैभन्दा बढी रू. ३ करोड ५ लाख छ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको नाफा रू. २ करोड ९६ लाख र पोखरा फाइनान्सको रू. २ करोड ९३ लाख ५९ हजार छ । पहिलो त्रैमासमा मल्टीपर्पस फाइनान्सको नाफा सबैभन्दा बढी २ सय ६९ प्रतिशत रहेको छ । सो अवधिमा कम्पनीले रू. २१ लाख ८८ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ५ लाख ९३ हजार थियो । १८ कम्पनीको औसत प्रतिशेयर आम्दानी रू. १४ दशमलव ६३ छ ।


६ कम्पनीको लाभांश वितरण प्रस्ताव
हालसम्म ६ कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेका छन् । यीमध्ये गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स कम्पनीले ६ दशमलव ५ प्रतिशत नगद लाभांश, आईसीएफसी फाइनान्स कम्पनीले ५ प्रतिशत बोनस शेयर तथा ८ प्रतिशत नगद लाभांश, पोखरा फाइनान्सले ७ प्रतिशत बोनस शेयर तथा ७ दशमलव २० प्रतिशत नगद लाभांश र युनाइटेड फाइनान्सले ३ प्रतिशत बोनस शेयर तथा ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेका हुन् । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले शेयरधनीलाई १६ दशमलव ६५ प्रतिशत नगद लाभांश तथा २ दशमलव ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ११ गते साधारणसभा आयोजना गरेको हो । जानकी फाइनान्सले २२ प्रतिशत बोनस शेयर तथा १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।