नेशनल इन्स्योरेन्सले मनायो ११३ औं वार्षिकोत्सव

नेशनल इन्स्योरेन्सले मनायो ११३ औं वार्षिकोत्सव

२२ मंसिर, २०७६, काठमाडौं । भारतीय निर्जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो ११३ औं वार्षिकोत्सव मनाएको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा रहेको कम्पनीको नियन्त्रण कार्यालयले बिहीवार कार्यकारी अधिकृत अरुण कौशल र बीमा समितिका अधिकारीको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । साथै इन्स्योरेन्सको नेपालमा सञ्चालित वैदेशिक शाखा नेशनल इन्स्योरेन्स कम्पनीले पनि बिहीवार कम्पनीको वार्षिकोत्सव मनाएको छ ।